राजनीति

कोशीका मुख्यमन्त्री कार्कीविरुद्ध पहिचानवादीले नाराबाजी गर्दै गाडीमा ढुङ्गा हाने

Banner

विराटनगर, मंसिर २६-

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् । दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधसम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीका विरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो ।

उनको गाडीमा ढुङ्गासमेत हानिएको छ । मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास भए पनि प्रहरीले अवरोध खुलाएको छ ।

एक दर्जनको सङ्ख्यामा रहेका पहिचानवादीहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>