खेलकुद

फुटसल प्रतियोगिताः राष्ट्रिय सभा प्रतिनिधि सभासँग ४ गोलले पराजित

Banner

काठमाडौं, मंसिर २६-

संघीय संसद् सेवा दिवस २०८० को अवसरमामा आयोजना भएको फुटसल प्रतियोगितामा प्रतिनिधि सभा सदस्यहरूको टोलीले राष्ट्रिय सभाको टोलीलाई ४ गोलले पराजित गरेको छ। मंगलबार बिहान काठमाडौंको भृकुटीमण्डपस्थित एक मैदानमा भएको फुटसल प्रतियोगितामा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४ गोलले पराजित गरेको हो।

प्रतिनिधि सभाको कप्तानमा सभामुख देवराज घिमिरे थिए। यता राष्ट्रिय सभाको कप्तानमा अध्यक्ष गणेश तिमल्सिना थिए।

उक्त खेलमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना पनि सहभागी भएकी थिइन्। फुटसल प्रतियोगिता मंसिर २६ र मंसिर २७ गतेको लागि आयोजना गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>