राजनीति

झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न एमालेको आग्रह

Banner

काठमाण्डौं, मंसिर २६-

नेकपा एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न आग्रह गरेको छ ।

मङ्गलवारदेखि कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरुद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनु भएको हो।

उहाँले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने जानकारी आएको भन्दै पार्टीका तर्फबाट सबै समूहहरुलाई अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो ।

नागरिकको मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै राजनीतिक दलको अभियानमा अवरोध सिर्जना नगर्न र असहमति भए औपचारिक रुपमा शान्तिपूर्ण रुपमा गुनासा राख्न उहाँले आग्रह गर्नुभयो।

नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङ प्रवेश गर्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>