चितवन विशेष
पब्लिक क्याम्पस प्राध्यापक संघ सप्तगण्डकी क्याम्पसमा रुद्र चालिसेको नेतृत्व

चितवन, मंसिर २५-
पब्लिक क्याम्पस प्राध्यापक संघ सप्तगण्डकी क्याम्पस एकाइमा रुद्र चालिसे चयन भएका छन् ।
प्राध्यापक संघ कार्यसमितिको बैठकले आज चालिसेलाई सभापतिमा चयन गरेको हो ।
पूर्वी चितवनको खुरखुरेमा जन्मिएका चालिसे विसं २०६३ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट गणितमा एमएड उतीर्ण गरेपछि २०६४ सालबाट सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्राध्यापन सुरु गरेका थिए । १६ वर्षसम्म गणित विषय प्राध्यापन गरेका चालिसे यसअघि लामोसमयदेखि सभापति बन्ने आकांक्षा राख्दै आएका थिए ।
प्राध्यापक संघको सभापति बनेपछि उनले गुणस्तरीय शिक्षाको लागि सक्दो पहल गर्ने बताए । उनले भने, ‘ देशको शिक्षा क्षेत्रले भोगिरहेको समस्या सबैलाई जानकारी भएकै विषय हो । क्याम्पसमा गुणस्तरीय, व्यवहारिक र वैज्ञानिक शिक्षाको विकासमा मेरो महत्वपूर्ण भूमिका रहनेछ । प्राध्यापक र कर्मचारीको पेसागत हकहितमा मेरो कार्यकालमा झनै उल्लेखनिय भूमिका खेल्नेछु ।’
त्यसैगरी प्राध्यापक संघ सप्तगण्डकी बहुमुखी क्याम्पस एकाईको उपसभापतिमा गंगा भट्टराई, सचिवमा दिपक अधिकारी र उपसचिवमा विष्णु ज्ञवाली चयन भएका छन् । निवर्तमान सभापति नारायणप्रसाद रेग्मीले कार्यसमितिको पुर्नगठन गर्दै चालिसेलाई पद हस्तान्तरण गरेका हुन् ।
























