क्रिकेट

भिजिट भरतपुर–२०२४ क्वाड्राङ्गुलर टि–ट्वान्टीको उद्घाटन खेलमा चितवन ४३ रनले विजयी

Banner

चितवन, मंसिर २४-

भिजिट भरतपुर–२०२४ क्वाड्राङ्गुलर टि–ट्वान्टीको उद्घाटन खेलमा चितवन ४३ रनले विजयी भएको छ ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आजबाट सुरु भएको खेलमा चितवन ४३ रनले विजयी भएको हो ।

चितवनले दिएको १२६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पर्सा निर्धारित २ ओभरको खेल बाँकी छँदा ८२ रनमा अलआउट हुन पुग्यो । पर्साको पारी ध्वस्त बनाउने क्रममा चितवनका दिवस आचार्यले ४ ओभर बलिङ गर्दै १३ रन खर्चिएर ३ विकेट लिए । दानिस इकबाल, क्रिजन गुरुङ र नरेश प्रधानले समान २ विकेट लिँदा दिपेश श्रेष्ठको नाममा १ विकेट रह्यो । ब्याटिङमा पर्साका लागि सांसद मन्सुरीले सर्वाधिक २८ रन बनाए भने सांसद मन्सुरीले २५ रन जोडे । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन एक अंकमा नै सिमित रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२५ रनको योगफल तयार पारेको थियो । चितवनका लागि ओपनर बिकल गुप्ताले अर्धशतकीय पारी खेले । ४० बल खेलेका उनले ५३ रन बनाए । उनी १९ औं ओभरको दोस्रो बलमा साजाफुल हवारीद्वारा सैफुल्लाह अन्सारीबाट समातिए । बलिङमा सेराफुल हवारीले ३, सैफुल्लाह अन्सारीले २ तथा एफाज मन्सुरी, सांसद मन्सुरी, नसुरिदिन अन्सारी र सांसद अन्सारीले समान एक विकेट लिए । अर्धशतक प्रहार गरेका चितवनका बिकल गुप्ता खेलको प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत अहिले मकवानपुर र नवलपुरकोबीचमा दोस्रो खेल चलिरहेको छ । टस जितेर नवलपुरले पहिला ब्याटिङ गरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>