Breaking News

अतिक्रमित भूमि समेटेर चुच्चे नक्सा छाप्यौं, कार्यान्वयन गर्न प्रचण्डले खुट्टा कमाए: केपी ओली

Banner

गोरखा, मंसिर २३-

एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको सवालमा खुट्टा कमाएको आरोप लगाएका छन् ।

उच्चस्तरीय संवादमा सरकारले चुच्चे नक्सा (लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको नक्सा)को प्रसंग उठाउन नसकेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुट्टा कमाएको आरोप लगाएका हुन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि संकल्प यात्रा–२०८० अन्तर्गत आज गोरखा पुगेका ओलीले नेपालले गुमाएका तीन भू–भागबारे संयुक्त प्रतिवेदन (ईपीईजी) बनाएको स्मरण गरे ।

छिमेकी रिसाउलान् भनेर सरकार राष्ट्रियताको मुद्दामा कमजोर भएको उनले तर्क गरे । ‘हामीले संयुक्त रूपमा बनाएको रिपोर्ट के गर्छ त यो सरकारले ?’ उनले प्रश्न गरे, ‘अब सोध्न पनि नसक्ने त !’ ओली प्रधानमन्त्री भएका बेला नेपालले २०७७ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर चुच्चे नक्सा छापेको थियो । तर यो कार्यान्वयन हुन सकेको छैन । नेपालले गुमाएका भू–भाग खाली नक्सामा सीमित छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>