Breaking News

राप्रपाले गणतन्त्रविरुद्ध आन्दोलन गर्ने, संघीयता र धर्मनिरपक्षेता खारेजको मस्यौदा पारित

Banner

काठमाडौं, मंसिर २१-

राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्रविरुद्ध र राजसंस्था पुनःस्थापनासहित सात एजेन्डा लिएर सडकमा उत्रिने भएको छ

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनसम्वन्धी मस्यौदा समितिको प्रस्ताव सामान्य परिमार्जनसहित पारित गरेको हो ।

राप्रपाको एजेण्डामा राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता र धर्मनिरपेक्षता खारेजीलगायतका विषय समावेश छन् । पुस र माघमा आन्दोलनका लागि तयारी गर्ने र फागुनपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने मस्यौदा समितिले पेस गरेको प्रस्तावमा उल्लेख छ ।

केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको प्रस्ताव आगामी पुस १, २ र ३ मा काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिनेछ । केन्द्रीय समितिले पारित गरेपछि दुई चरणको आन्दोलनमा राप्रपा होमिनेछ । राप्रपाले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रुपमा सबै तहमा मनाउने निर्णय पनि गरेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>