चितवन विशेष
कोरियाले ठूलो संख्यामा नेपाली कामदार लैजादै,सेन्ट्रल कलेजमा कोरियन भाषाका बिशेष कक्षा

चितवन, मंसिर २१-
सेन्ट्रल कलेजले कोरियन भाषाका कक्षाहरु धमाधम सञ्चालन गरिरहेको छ । कलेजले आफ्नो मुख्य कार्यालय लायन्सचोक प्रेसमार्ग,नारायणगढ र शाखा कार्यालयहरुमा कोरियन भाषाका कक्षाहरु धमाधम सञ्चालन गरिरहेको हो । दक्षिण कोरिया सरकारले १५ हजार नेपाली कामदार लैजाने भएपछि कोरिया भाषामा नेपाली युवाहरुको आकर्षण बढेको छ ।
रोजगार अनुमति प्रणाली (ईपीएस) का पाठ्यक्रमलाई लक्षित गर्दै भाषा कक्षा सञ्चालन गरिएको कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलेले जानकारी दिनुभयो । उहाँले दक्ष र अनुभवी कोरियन भाषा शिक्षकहरुद्धारा विभिन्न सिफ्टमा कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

‘कोरियाले यो वर्ष नेपाली कामदार कोटा ह्वात्तै बढाएपछि कोरियन भाषा सिक्न आउने विद्यार्थीहरु बढेका छन्,उहाँले भन्नुभयो,हामीले निरन्तर कोरिया भाषाका कक्षाहरु सञ्चालन गरिरहेका छौ ।’ उहाँले बिहान छ बजेदेखि बेलुका छ बजेसम्म भाषा कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो । कलेजले सबै विद्यार्थीलाई पास गराउने गरी प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालन गरेको उहाँले बताउनुभयो । हामीले प्रोजेक्टरबाट कक्षा सञ्चालन गरेका छौँ, विद्यार्थीका लागि आवश्यक पर्ने किताब, लाइब्रेरीको व्यवस्था गरेका छौँ,उहाँले भन्नुभयो,हामीले इन्टरनेटको माध्यमबाट पनि विद्यार्थीलाई पढाइरहेका छौँ ।’ अनुभवि शिक्षकबाट कक्षा सञ्चालन गरिएको भन्दै उहाँले सेन्ट्रलमा अध्ययन गरेका अधिकांस विद्यार्थी पास हुने बताउनुभयो । उहाँका अनुसार सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरको मुख्य कार्यालय नारायणगढ, शाखा कार्यालयहरु सौराहा चोक टाँड, पर्सा, नवलपुरको कावासेती र तनहुँको डुम्रेबाट पनि कोरियन भाषाका कक्षा सञ्चालन भएका छन् । इपिएस अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादन मुलक क्षेत्रका लागि १५ हजार ८४८ जना कोटा छुट्टाएको छ । आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने इपिएस शाखाले जनाएको छ । परीक्षा सम्बन्धी जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ । १८ बर्ष पुरा भई ३९ बर्षभित्रका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् ।
जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई सेन्ट्रल कलेजले परामर्श र भाषा कक्षा सञ्चालन गर्दै आइरहेको छ । १२ वर्षदेखि शैक्षिक क्षेत्रमा स्थापित सेन्ट्रल कलेजले शैक्षिक परामर्श, भाषा कक्षा, सीपमुलक तालिमहरु दिदै आइरहेको छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु पनि निरन्तर सञ्चालनमा रहेको प्रिन्सिपल पौडेलले बताउनुभयो । विदेशबाट समेत नेपाल अध्ययनका लागि आउन चाहाने विद्यार्थीलाई समेत शैक्षिक परामर्श दिदै आएको उहाँले बताउनुभयो । सेन्ट्रल कलेजले खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रामा सामाजिक कामहरु गर्दै आएको छ ।
कलेजले नयाँ बर्षबाट नारायणढ ओरालोमा आफ्नै भवन सेन्ट्रल टावरबाट विद्यार्थीलाई सेवा दिँदै छ । भवन निर्माणको अन्तिम चरणमा छ । जापान र अष्ट्रेलियामा समेत आफ्नो सम्पर्क कार्यालय रहेको कलेजले चितवन र नवलपुरका विद्यार्थीका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

























