चितवन विशेष

भरतपुरका २९ युवालाई दुई महिने निःशुल्क कपाल काट्ने तालिम

Banner

चितवन, मंसिर २०-

भरतपुरमा २९ युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित दुई महिने कपाल काट्ने तालिम सुरु भएको छ ।

सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिलक्स सैलुनमा सो तालिम सुरु भएको हो ।

भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखा सहकारी तथा रोजगार प्रवद्र्धन शाखाले आयोजना गरेको तालिमलाई महानगरका उपमेयर चित्रसेन अधिकारीले आज उद्घाटन गरेका छन् । उपमेयर अधिकारीले सिप सिकेपछि स्वदेश तथा विदेशमा गएर दुःख नपाइने विचार राखे ।

महानगर आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्र पौडेलले कार्यक्रममा महानगरले तालिममा सहभागी युवाहरुलाई सिप सिकेर नेपालमा नै केही गर्न आग्रह गरे । भरतपुरका विभिन्न वडाका २९ जनाको तालिममा सहभागिता रहेको छ । हरेक वडाबाट वडा अध्यक्षले सिफारिस गरेका व्यक्तिहरु तलिममा सहभागी रहेको पपुलर युनिलक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले बताए । उनले भने, ‘ यो सैलुन स्कुल हो । तपाइँहरु सिप सिक्न आउनु भएकोले सिप सिकेर जानु । तपाइँहरु एक वडाले एक जनाको सिफारिसमा परेकोले सबै सहभागी भाग्मानी हुनुहुन्छ । महानगरले युवाहरुलाई स्वरोजगारको लागि गरेको लगानीप्रति म धन्यवाद दिन चाहन्छु । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>