समाचार

विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति राख्न्ने व्यवस्था अन्त्य गर्न सांसदको जोड

Banner

काठमाडौं, मंसिर १९-

राष्ट्रिय सभाका सदस्यहरुले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथिको छलफल थियो । उक्त छलफलका क्रममा सांसदहरुले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था उचित नभएको बताएका हुन् ।

हाल नेपालको त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयसहित धेरै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले प्रधानमन्त्रीले नचाहेरै विश्वविद्यालयको कुलपतिको जिम्मेवारी लिनुपरिरहेको बताइन् ।

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले कुन कुन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने हो र कुन कुनमा नरहे पनि हुने हो त्यसबारे शिक्षा मन्त्रालयले अवधारणा बनाउनुपर्ने बताए । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले पनि जतासुकै प्रधानमन्त्रीको नेतृत्व र उपस्थिति खोज्ने प्रवृत्ति परिवर्तन आवश्यक रहेको बताइन् । उनले पनि प्रधानमन्त्रीको लोड कम गर्नुपर्ने र त्यसका लागि कुलपति प्रधानमन्त्री नै राख्ने अभ्यासमा परिवर्तन गर्न आवश्यक रहेको धारणा राखिन् ।

माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले शिक्षा मन्त्रालयले निश्चित समयभित्रै कति वटा विश्वविद्यालयमा प्रधानमन्त्री नै कुलपति रहनुपर्ने हो त्यसबारे अध्ययन गरेर समितिलाई जानकारी गराउनुपर्ने माग गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>