राजनीति

चर्को आलोचना पछि एनसेल खरिद बिक्रीबारे प्रधानमन्त्रीले राखे बैठक

Banner

काठमाडौं, मंसिर १९-
चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्रीका विषयमा सत्तारुढ दलहरुसँग छलफल गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एनसेलको सेयर खरिद बिक्रीको विषयमा छलफल आयोजना गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र मन्त्रीहरु सहभागी छन् । हालै मलेसियाको कम्पनी आजियाटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनीलाई बिक्री गरेका थिए । एनसेल बिक्रीलाई लिएर चर्को आलोचना भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>