शिक्षा
बालबालिकालाई नारायणीमा जलबिहार र केबलकार यात्रा

चितवन, मंसिर १९-
चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको स्टार्स मन्टेश्वरी एकेडेमीले बालबालिकालाई मौलाकालिका मन्दिर भ्रमण र नारायणी नदीमा जलविहार गराएको छ ।
सानै उमेरदेखि नानीबाबुहरुलाई प्राविधिक विषयमा जानकारी दिने उद्देश्यले मौलाकालिका केवलकारको भ्रमण गराइएको मन्टेश्वरीले जनाएको छ । स्टार्स मन्टेश्वरीका प्रवन्ध निर्देशक गणेश रानाका अनुसार नानीबाबुलाई सडक यातायात र हवाइ यातायातको अलवा केबल यातायात र जल परिवहनको बारेमा ज्ञान दिन भ्रमण गराइएको छ ।
मौलाकालिका मन्दिर परिसरमा पुगेपछि प्रवन्ध निर्देशक रानाले नानीबाबुलाई हाम्रो सांस्कृतिक सम्पदाको महत्व बारे प्रष्ट्याएका थिए । आफ्नो मौलिक संस्कृति र धार्मिक विश्वास अनुरुप पूजा आराधना गराई उनीहरुलाई फर्काइएको थियो ।
मन्दिर दर्शनपछि फर्किएका नानीबाबुहरुलाई नारायणी नदी किनारमा लगेर जलपरिवहनको बारेमा जानकारी दिँदै मोटरबोटमा जलविहार गराइएको मन्टेश्वरीले जनाएको छ । मोटरबोट चढ्न पाउँदा नानीबाबुहरु हर्षित भएका छन् ।
चितवनमा स्थापना भएका अधिकांश मन्टेश्वरी स्कुलहरु मध्ये स्टार्स मन्टेश्वरी एकेडेमी अब्बल दर्जामा परिचित छ । हरेक अभिभावकको मन जित्न सफल यस एकेडेमीमा विद्यार्थीहरुको चाप बढ्दै गइरहेको मन्टेश्वरीको दाबी छ ।

























