समाचार
सार्वजनिक लेखा समितिले बोलायो बैठक, एनसेलको शेयर बिक्रीबारे छलफल गर्ने
०

काठमाडौं, मंसिर १९-
एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ। उपसचिव सावित्रा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक संस्था ९एनसेल० को सेयर खरिद-बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको हो।
बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा एनसेलबारे छलफल हुनेछ।
मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो। फाइल तस्वीर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























