समाचार
दुर्गा प्रसाईंका समर्थकद्वारा एनआईएमबी बैंकको सहायक म्यानेजरलाई दुर्व्यवहार, एक जना पक्राउ
०

झापा, मंसिर १९-
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले झापास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक मेनेजर दिनेश पनेरुलाई दुर्व्यवहार गरेको आरोप छ । ऋणको विषयमा छलफल गर्न भन्दै प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् ।
कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबिच छलफल भइरहेको छ । ऋणको विषयमा छलफल गर्न भन्दै पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान खोज्दा पनेरुले अस्वीकार गरेपछि दुर्व्यवहार गरेको आरोप छ ।
प्रहरीले दुर्व्यवहार संलग्न देवी सङ्ग्रौलालाई पक्राउ गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























