अन्तर्राष्ट्रिय
थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ जना घाइते
०

मंसिर १९-
थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ लागि जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























