कृषि

सुन्तला प्रदर्शनीका जगमा सुुरु लेखनाथ महोत्सव

Banner

गण्डकी, मंसिर १९-

पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने कास्की र तनहुँको कोत्रेबाट विजयपुर पुलसम्म फैलिएको भूू–भाग हो लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको यो भू–भाग अहिले भने बृहत् पोखराको अवधारणासँगै पोखरा महानगरपालिकामा नै समेटिएको छ । सुरुमा लेखनाथ क्षेत्रको पहिचानसमेत जोगाउने भन्दै पोखरा लेखनाथ महानगरपालिका नामकरण भएकामा अहिले भने लेखनाथ शब्द हटाइसकिएको छ ।

यस क्षेत्रका तत्कालीन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर लेखनाथ नगरपालिका घोषणा गरिए पनि यो क्षेत्रको अपेक्षित विकास बढ्न नसकेको विषयले चासो र चर्चा पाउने गरेको छ । पोखरा महानगरपालिकामा समेटिएसँगै लेखनाथतिरको भूू–भाग अझै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता बढिरहेको यहाँका अगुवा बताउँछन् ।

नगरपालिकाको घोषणासँगै यस क्षेत्रको पहिचान एवं संस्थागत प्रयासलाई अपरिहार्य ठान्दै गरिएका विभिन्न कार्यमध्येको महत्त्वपूर्ण प्रयासका रूपमा लेखनाथ उद्योग वाणिज्य सङ्घ गठन गरिएको हो । नगरपालिकाको घोषणा हुनुअघि यस क्षेत्रभित्रका हालका पोखरा महानगरपालिका वडा नं २६, २७, २८, २९, ३०, ३१ र ३२ मा खासै गन्नलायकका उद्योग सञ्चालनमा आएका थिएनन् ।

सुरुमा लेखनाथ क्षेत्रमा तोरी, तेल, चकलेट, खाद्यान्न कुटानी, पिसानी फर्निचर आदि उद्योग सञ्चालनमा आएकामा पछि विस्तारै बिस्कुट, चाउचाउ, साबुनलगायतका उद्योग थपिँदै गएका हुुन् । तत्कालीन समयमा यहाँका मुख्य व्यापारिक केन्द्रमा शिशुवा, अर्घौ पौवा, बूढीबजार, बेगनासाताल, गगनगौँडा, सातमुहाने, राजाको चौतारा रहेका थिए ।

नगरपालिका घोषणापछि यहाँका उद्योगी–व्यवसायीले लेखनाथमा उद्योग वाणिज्य सङ्घको आवश्यकता महसुस गर्दै २०५४ साल असार ३० गते शनिबार बिहान पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा विचित्रमोहन भट्टराईको बगैँचामा भोगटेको बोटमुनि भएको भेलाबाट चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा लेखनाथ उद्योग वाणिज्य सङ्घको तदर्थ समिति गठन गरेका थिए ।

लेखनाथ उद्योग वाणिज्य सङ्घले लेखनाथको क्षेत्रकै प्रवर्द्धनको उद्देश्य राख्दै २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको लेखनाथ महोत्सव यस क्षेत्रको पहिचानका लागि महत्त्वपूर्ण बन्दै गएको सङ्घका अध्यक्ष विनोद श्रेष्ठले बताउनुुभयो । महोत्सवलाई समयानुकूल परिस्कृत गर्दै २०६१ सालदेखि वार्षिकरूपमा लेखनाथ महोत्सव गर्दै आएको बताउँदै उहाँले विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको उहाँले बताउनुुभयो ।

सङ्घले यस वर्ष पुस ५ देखि १६ गतेसम्म यसै क्षेत्रको तालचोकमा १९औँ संस्करणको महोत्सव गर्न लागेको महोत्सव मूूल आयोजक समितिका संयोजकसमेत रहनुुभएका श्रेष्ठले बताउनुुभयो । “महोत्सवको माध्यमबाट यस क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीको उत्पादन प्रदर्शनी एवं बिक्री गरिने छ”, उहाँले भन्नुुभयो ।

कोभिड–१९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दीबाट थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवर्द्धन गर्न यस संस्करणको महोत्सव महत्त्वपूर्ण बन्ने विश्वास लिइएको प्रचार–प्रसार समिति संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले बताउनुुभयो ।

“देशका औद्योगिक उत्पादनलाई बढवा, हस्तकलाका सामानको बजार प्रवर्द्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरणका लागि महोत्सव महत्त्वपूर्ण बन्नेछ”, उहाँले भन्नुुभयो ।

महोत्सवका विशेष कार्यक्रममा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम, महिला विशेष तथा रीतिरिवाज जगेर्नाअन्तर्गत रत्यौली कार्यक्रम, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, लोपोन्मुुख रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी आदि समेटिने छ । महोत्सवको बचत रकमबाट प्रदर्शनीस्थल र सङ्घको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास गरिने अध्यक्ष श्रेष्ठले बताउनुुभयो ।

त्यस्तै पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, उत्पादित वस्तुहरूको प्रवर्द्धनका लागि कोसेली घर निर्माण, सङ्घद्वारा बेगनासतालमा निर्मित लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माणलगायतका विभिन्न सामाजिक कार्यमा खर्च गरिने उहाँले बताउनुुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>