राजनीति

एमालेको टोली आज रुकुमकोट पुग्दै

Banner

काठमाडौं, मंसिर १९–

नेकपा एमालको समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन आज रुकुमकोट पुग्दैछ।

आज सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दुरी पार गर्नुपर्नेछ। पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो दैलेखबाट सुर्खेत आउने क्रममा ठाउँठाउँमा पानी परे पनि कार्यक्रमहरु भब्य भएका छन्। जनसहभागिता उल्लेख्य मात्रा जुटेको गौतमको भनाइ छ।

आजको यात्रा बिहान ८ बजे सुरु हुने गौतमले बताए। आज सुर्खेतकै सिम्तामा बिहानको खाना खाने कार्यक्रम रहेको छ। यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार, छेडे बजार, सेरी गाउँ, मुसिकोट लगायतका ठाउँमा स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई भेटघाट गर्नेछन्।

भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा पुननिर्माण सम्बन्धी छलफल हुने एमालेले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>