चितवन विशेष

चितवनमा गोही संरक्षण मेला हुने

Banner

भरतपुर, मङ्सिर १८-

चितवनको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला हुने भएको छ । केयर फर नेचरको आयोजनामा यही मङ्सिर २२ र २३ गते मेला आयोजना हुन लागेको हो । गोही तथा नदी प्रणालीको सुरक्षाका लागि समुदायको एक्यबद्धता भन्ने मूल नाराका साथ मेलाको आयोजना गर्न लागिएको मेला संयोजक रञ्जना भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा घडियाल र मगर गोही संरक्षणका लागि नदीमा आश्रित समुदाय, विद्यार्थी, पर्यटन व्यवसायी, नेचर गाइड, मध्यवर्ती सामुदायीक वन लगायतका संरक्षणकर्मीहरुको उपस्थिति रहनेछ ।

चितवन राष्ट्रिय निकुञ्ज र यसको वरपरका नदी तथा सिमसार क्षेत्रमा गोहीको राम्रो बासस्थान भएपनि संरक्षणको अभावमा गोहीको संख्या बर्षेनी घट्दो अवस्थामा रहेको भट्टले बताउनुभयो । गोहीको संख्या वृद्धि गर्न मेलाले सहयोग पुर्याउने विश्वास उहाँको छ ।

मेला अवधिभर संरक्षण सम्बन्धी नाटक,गीत,नृत्य र पेन्टिङ कार्यक्रम समेत हुनेछन् । नेपालमा दुई प्रजातिका गोही पाइन्छ । सफा बगेको पानीमा बस्ने घडियाल गोही अति संकटापन्न प्रजाति हो । यस्तै मगर गोही पनि जोखिम अवस्थामा परेको जीव हो । घडियाल चितवनको नारायणी र राप्ती तथा बर्दियाको बंबई र कर्णाली नदीमा पाइन्छ । देशभर २५० को हाराहारीमा घडियाल पाइने भट्टले बताउनुभयो । सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गोही नदी प्रदुषण र मानवीय गतिविधिका कारण संकटमा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर घडियाल मर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>