Breaking News

चितवनमा चिसो बढ्यो, न्यूनतम तापक्रम १३ डिग्री

Banner

पुजा ढकाल,

चितवन, मंसिर १८-

चितवनमा आज (सोमबार) चिसो बढेको छ । चितवन सहित आसपासका जिल्लामा घाम लाग्न सकेको छैन भने हुस्सु लाग्दा चिसो हावा चलेको छ । भरतपुर विमानस्थलले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार आइतबार बिहान ६ बजे जिल्लको न्यूनतम तापक्रम १३ डिग्री मापन भएको थियो । जुन यस वर्षकै सबै भन्दा कम तापक्रम हो ।

तर, आज बिहान भने जिल्लाको तापक्रम १६ डिग्री रेकर्ड भएको भरतपुर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । यस्तै हाल (दिउँसो १ बजे) भने भरतपुरको तापक्रम १९ डिग्री मापन गरिएको हो । आज जाडोसँगै बाक्लो हुस्सु लागेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष समस्या भएको हो ।

देशभरको मौसम

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ । यस्तै हुम्ला र मुस्ताङमा आज बिहानैदेखि हिमपात सुरु भएको छ । मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको हो । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>