चितवन विशेष
नारायणी महोत्सवमा उर्लिए दर्शक,एकैदिन हजारौले गरे अवलोकन,आयोजकलाई सम्हाल्नै हम्मे

चितवन, मङ्सिर १६-
चितवनको नारायणी नदी किनारमा लागेको महोत्सवमा शनिवार दर्शकको भीड लागेको छ । शनिवार एकैदिन पचास हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । नारायणी नदी किनारमा भएका महोत्सव मध्ये एकैदिन सबैभन्दा धेरै दर्शक नारायणी महोत्सवमा आज (शनिवार) आएको दाबी गरिएको छ ।
महोत्सवको अन्तिम दिन र शनिवार भएका कारण दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । दर्शक धेरै भएपछि आयोजकलाई सम्हाल्न हम्मे हम्मे परेको थियो । शनिवार गायिक रचना रिमाल लगायतका कलाकारले प्रस्तुती दिएका थिए ।
महोत्सवको एक कार्यक्रमका विच उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समापन गर्नुभयो । उहाँले सो अवसरमा लागूऔषध दुव्र्यसन नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्र लागूऔषध नियन्त्रणमा सँगसँगै अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएको भन्दै त्यसको प्रशंसा गर्नुभयो । रिकभरिङ युनाइटेड प्रालि र औद्योगिक शान्ति नेपालको आयोजनामा यही मङ्सिर ६ गतेदेखि सुरु भएको थियो ।
लागूऔषध तथा मद्यपान प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठका अनुसार महोत्सवमा अटोमोबिल, कृषि तथा हस्तकला सामग्रीका कक्ष राखिएका थिए । निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुव्र्यसनविरुद्ध चेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।


















\







