इच्छकामना
चितवनको इच्छाकामनाका ३० घर परिवारलाई सिरक बितरण
०

चितवन, मंसिर १६–
चितवनको इच्छाकामनामा ३० घर परिवारलाई सिरक बितरण गरिएको छ ।
इच्छाकामना गाँउपालिका–७ सिमलढापमा दलित, विपन्न, एकल महिला, वृद्धवृद्धालाई फिउचर अफहोप ललितपुर नेपाल संस्थाले शुक्रबार सिरक बितरण गरेको हो ।
सिमलढाप गोस्पल चर्चको आयोजनामा इच्छाकामनाका ३० घर परिवारलाई सिरक बितरण गरिएको कार्यक्रमका संयोजक तथा जखडीमाई आधारभूत विद्यालयका प्रधानाध्यापक आशिष गोपाल परियारले नारायणी अनलाइनलाई जानकारी दिए । कार्यक्रमका प्रमुखअतिथि गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङ र विशिष्ट अतिथि संस्थाका अध्यक्ष कवि थापालगायतको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























