चितवन विशेष

भरतपुर महानगरले उत्कृष्ट साहित्यिक कृतिलाई ५० हजार राशीसहित पुरस्कृत गर्ने

Banner

चितवन, मंसिर १६-

भरतपुर महानगरले स्थापना गरेको प्रज्ञाप्रतिष्ठानले उत्कृष्ट साहित्यिक कृतिलाई पुरस्कृत गर्ने भएको छ ।

प्रज्ञाप्रतिष्ठानका अनुसार भरतपुर महानगरपालिका वा चितवन जिल्लालाई आधार बनाई यहाँको भाषासाहित्य, कलासंस्कृति, ऐतिहासिक, पुरातात्विक क्षेत्रमा खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका र उत्कृष्ट ठहरिएका मौलिक कृतिलाई पुरस्कृत गर्न लागेको हो ।
पुरस्कारको राशी ५० हजार ७८ रुपैयाँसहित एक जनालाई चित्रवन प्रज्ञा पुरस्कार प्रदान गरिने जनाइएको छ । उक्त पुरस्कारका लागि नेपालभरका जो कोही स्रष्टाले सहभागी हुन पाउने जनाइएको छ ।

प्रतिष्ठानले भरतपुर महानगरवासीका काव्य, आख्यान, नाटक र निबन्ध बिधाका उत्कृष्ट ठहरिएका मौलिक साहित्यिक कृतिलाई अलगअलग विधागतरूपमा एक–एकजना गरी चारजनालाई प्रति स्रष्टा नगद राशी २५ हजार ७८ रुपैयाँसहित भरतपुर महानगर प्रज्ञा पुरस्कार र नारी स्रष्टाहरूले प्रकाशन गरेका जुनसुकै विधाका कृतिहरू मध्येबाट उत्कृष्ट ठहरिएका मौलिक साहित्यिक कृतिलाई नगद राशी २५ हजार ७८ रुपैयाँसहित एकजनालाई प्रदान गरिने गरी वागीश्वरी प्रज्ञा पुरस्कार प्रदान गरिने जनाएको छ ।

प्रज्ञा प्रतिष्ठानद्वारा दोस्रोपटक प्रदान गर्न लागिएको उपयुक्त पुरस्कारहरू मध्ये चित्रवन प्रज्ञा पुरस्कार लागि नेपालभरका जो कोही स्रष्टाले सहभागी हुन पाउनेछन् भने भरतपुर महानगर प्रज्ञा पुरस्कार र वागिश्वरी प्रज्ञा पुरस्कार चाहिँ भरतपुर महानगरबासी स्रष्टाले मात्र सहभागी हुन पाउनेछन् । पुरस्कार प्रयोजनका लागि स्रष्टा स्वयम् वा प्रकाशकले सम्वत् २०७९ सालमा प्रकाशन भएका ३ प्रति पुस्तकहरू २०८० मङ्सिर मसान्तसम्ममा प्रज्ञाप्रतिष्ठानको सचिवालयमा आइपुग्ने गरी दर्ता गराउन प्रतिष्ठानले आह्वान गरेको छ ।

तोकिएको समयभित्र दर्ता भएका पुस्तकहरू मूल्याङ्कन समितिको सिफारिसलाई आधारमा प्रज्ञाप्रतिष्ठानको प्राज्ञपरिषद्ले निर्णय गरी पुरस्कृत कृतिको घोषणा गरिने प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले नारायणी अनलाइनलाई जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>