चितवन विशेष

चितवनका तेक्वान्दो खेलाडी भट्टलाई भारतमा ‘बेस्ट फाइटर अफ दि इयर’को अवार्ड

Banner

चितवन, मंसिर १३–

चितवनको खैरहनी नगरपालिका–१० का तेक्वान्दो खेलाडी हेमप्रसाद भट्ट (सन्तोष) भारतमा सम्मानित भएका छन् ।

भारत सरकारबाट मान्यता प्राप्त वल्र्ड स्पोर्टस् स्टार अवार्डमा भट्टले ‘बेस्ट फाइटर अफ दि इयर’को अवार्डबाट सम्मानित भएका हुन् ।

कोलकत्तामा भएको चौथो इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२३ मा सहभागि हुन भट्ट नेपालको प्रतिनिधित्व गर्दै भारत पुगेका थिए । सोही अवसरमा भट्टलाई सम्मान गरिएको हो । ‘भारतमा नेपाली टिमले निकै उत्कृष्ट प्रदर्शन गर्‍यो, मैले यो वर्ष गरेको प्रदर्शनको आधारमा भारतमा अवार्ड जित्न सफल हुँदा निकै खुशी लागेको छ’–खेलाडी भट्टले भने ।

हाल वैदेशिक रोजगारीको शिलशिलामा भट्ट मलेसियामा कार्यरत छन् । उनी विदाको समय मिलाएर नेपाल आउँदा विभिन्न प्रतियोगितामा सहभागिता जनाइरहेका छन् । उनलाई केहीदिन अघि रत्ननगरमा दुई वटा संस्थाले छुट्टाछुट्टै रुपमा नगद ७० हजारले सम्मान गरिएको थियो । मलेसियामा रहँदा भट्टले नेपालको प्रतिनिधित्व गर्दै तेक्वान्दो खेलमा सहभागिता जनाउँदै आइरहेका छन् । उनी यसवर्ष लगातार मलेसियामा गोल्डमेडल जित्न सफल भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>