अपराध

चितवनमा भयाबह बन्दै साइबर अपराध, बिगत वर्ष भन्दा यस वर्षको चार महिनामा फेसबुकका उजुरी बढी

Banner

चितवन, मंसिर १३-

चितवनमा हरेक वर्ष साइबर अपराधका घटनाहरु बढ्दै गएका छन् ।

इन्टरनेटमार्फत सामाजिक सञ्जालको प्रयोग बढेसँगै साइबर अपराधका घटनाहरु पनि बढ्दै गएको हो ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरुसँग आयोजित ‘लैंगिक हिंसा र साइबर अपराध’सम्बन्धी सचेतनामूलक कार्यक्रममा प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८\७९ मा चितवनमा साइबर अपराधअन्तर्गत फेसबुक ह्याक भएका ११६ वटा उजुरी दर्ता भएको थियो । त्यस्तै गत आर्थिक वर्ष २०७९\८० मा १४९ वटा फेसबुक ह्याकसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएको थियो तर यस आर्थिक वर्ष २०८०\०८१ को चार महिनामा बिगतका वर्षभरको तथ्यांक भन्दा बढी १७८ वटा फेसबुक ह्याक सम्बन्धी उजुरी दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८\७९ मा टिकटकको २, इन्स्टाग्रामको ७ र अन्य ह्याक भएका उजुरी परेका थिए भने फेक आईडी बनाएर अपराध गरेका फेसबुकका उजुरी ७३ वटा, टिकटकका सातवटा, इन्स्टाग्राम र अन्य ६ वटा उजुरी दर्ता भएका थिए । गत अर्थिक वर्ष २०७९\८० मा ह्याक भएका फेसबुकका उजुरी ११६ वटा, टिकटकका २, इन्सटाग्रामका ७ वटा र अन्य ९ वटा दर्ता भएका छन् त्यस्तै फेक आईडीसम्बन्धी फेसबुकका ७३ वटा, टिकटकको सात वटा, इन्सटाग्रामको ३ वटा र अन्य ६ वटा रहेका छन् ।

यस आर्थिक वर्षको चार महिनामा ह्याकसम्बन्धी फेसबुकको १७८, टिकटकको एउटा, इन्स्टाग्राम २ र अन्य १० वटा उजुरी परेका छन् भने फेक आईडीसम्बन्धी यस आर्थिक वर्षमा फेसबुकमा ८३ वटा र टिकटकको २२ वटा उजुरी परेका छन् ।

यस तथ्यांकलाई प्रस्तुत गर्दे महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले साइबर अपराधका घटना चितवनमा हरेक वर्ष भयाबह बन्दै गएको बताइन् । उनले विद्युतीय माध्यमको दुरुपयोगबाट हुन सक्न अपराधबाट बच्न सामाजिक सञ्जालका प्रयोगकर्ताहरु सचेत हुन आग्रह गरिन् । उनले भनिन्, ‘ सामाजिक सञ्जालबाट मनोवैज्ञानिकरुपबाट लैंगिक हिंसा गर्ने प्रवृत्ति बढ्दो छ । यदि कुनै व्यक्तिले यस्तो प्रकारको विद्युतीय अपराध गरको प्रमाणित भएमा एक लाख रुपैयाँ जरिवाना तथा पाँच वर्ष कैद वा दुवै सजाय हुने विद्युतीय कारोबार ऐनमा उल्लेख गरिएको छ ।’

क्याम्पसका सहायक प्राध्यापक मधुसूदन दवाडीले संयोजन गरेको कार्यक्रममा ५९ जना विद्यार्थीको सहभागिता रहेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले प्रकाशन गरेको ‘बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा जानकारी’ विषयक पुस्तिका बितरण गरियो । सोही अवसरमा विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासत, कन्ट्रोल रुम र उजुरीहरुको बारेमा जानकारी लिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>