चितवन विशेष
भरतपुरमा सकियो गुरुकुल फेस्ट

चितवन, मंसिर १३-
भरतपुरमा रहेको गुरुकुल माविमा सञ्चालित गुरुकुल फेस्ट–२०८० सकिएको छ ।
मंसिर ११ र १२ गते दुई दिन सञ्चालन भएको फेस्टको पहिलो दिन गायन, नृत्य, ओराटोरी, हस्तलेखनका अभ्यास गरिएको थियो । दोस्रो दिन १२ गते गायन, चेस, नाटक, विज्ञान ओलम्पिडका फाइनल अन्तिममा मग्नेट सोलको कन्सर्ट भएको छ ।
गुरुकुल ईको युथ क्लबले गरेको कार्यक्रममा चितवनका विभिन्न विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । गुरुकुल ईको युथ क्लबले पहिलोपटक आयोजना गरेको कर्यक्रमले विद्यार्थीलाई पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा जोड दिने क्लबका निर्देशक जेएन लामिछानेको विश्वास छ ।
गुरुकुलको २७औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजना भएको कार्यक्रम गुरुकुलका विद्यार्थीले नै सञ्चालन गरेका थिए । कार्यक्रमको दोस्रो दिन गुरुकुल मास्टर सेफ–२०८० पनि सम्पन्न भएको व्यवस्थापन दिवा संयोजक सुशील रेग्मीले जानकारी गराए । विद्यालयका सञ्चालक समितिका अध्यक्ष केशवीर श्रेष्ठ सहप्राचार्य प्रतिक ढकाल शैक्षिक निर्देशक सिर्जन अविरल तथा विज्ञान कार्यक्रम संयोजक सुशील रेग्मी र हरिहर भुसालले बिजयी विद्यार्थीलाई मेडल र पुरस्कार प्रदान गरेका थिए ।

























