गसिप

आमाबुबा बन्दै करिश्मा र सलोन, टिकटकमा केक काटे

Banner

काठमाडौं, मंसिर १३–

अभिनेता सलोन बस्नेत र करिश्मा केसी आमाबुवा बन्ने भएका छन् । उनकी पत्नी करिश्माले मंगलबार बेलुका टीकटकबाट ‘प्रेगनेन्सी’ घोषणा गरेकी छन् ।

आफूहरु अभिभावक हुन लागेको खुशि साट्न उनीहरुले केक पनि काटेका छन् । सलोन र करिश्माले एकापसमा केक चखाएर खुशि साटेको देख्न सकिन्छ ।

केकमा ‘२०२४ को मेमा आउँदै’ लेखिएको छ । जसअनुसार करिश्माले आगामी मे महिनामा सन्तानलाई जन्म दिनेछिन् । साथै भिडियोमा प्रेगनेन्सीको भिडियो एक्सरेको रिपोर्टलाई पनि देखाइएको छ ।

करिश्माले आफू आमा बन्न लागेको जानकारी दिँदै टिकटकमा लेखेकी छन्, ‘सुरुमा हामी एकअर्काको भयौं । अब तिमीलाई प्राप्त गर्दैछौं । हामीसँग सबथोक छ । सलोमा ।’ ह्यासट्याग सलोमा लेख्दै करिश्माले बच्चाको नामाकरण पनि गरेको देखिन्छ ।

करिश्माको उक्त प्रेगनेन्सी घोषणाको टीकटक भिडियोमा फ्यानले बधाइ तथा शुभकामना दिइरहेका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले गत मंसिरमा विवाहको रुप दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>