गसिप

भारतीय अभिनेत्री नोरा फतेही जेठ ३ गते नेपाल आउने

Banner

काठमाडौं,बैशाख १८-

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेष्ठ ३ गते नेपाल आउने भएकी छिन्। सुकेधारामा रहेको मर्क्युर होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेकी आयोजक वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए।

उनले भने, ‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो। उहाँसँगै नेपाली कलाकारले पनि सम्मानितरूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ।’

कार्यक्रममा नेपाली कलाकारहरुमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुती दिनुहुने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले पत्रकार सम्मेलनमाझ जानकारी दिए।

कलाकारका तर्फबाट नृत्याङ्गना मगरले आफूले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिइन्। उनले भनिन्, ‘अभिनेत्री फतेही अहिले विश्वभर चर्चामा हुनुहुन्छ, उहाँसँग कार्यक्रम गर्न पाउनु हाम्रो लागि राम्रो हो। नेपालमा यसरी कार्यक्रम हुँदा यसले पर्यटन प्रवर्द्धनमा पनि सघाउँछ भन्ने मलाई लागेको छ। यस्ता कार्यक्रमले हाम्रो बारेमा विश्वलाई जानकारी गराउँछ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>