स्वास्थ्य
नेपालमा ३४.१ प्रतिशतले घट्यो चुरोट तान्नेको सङ्ख्या
०

काठमाडौ,मंसिर १२-
नेपालमा चुरोट तान्ने व्यक्तिहरूको सङ्ख्या घटेको छ। वर्ल्ड अफ स्टाटिक्स्ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००० देखि २०२० बिचमा नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या ३४ दशमलव १ प्रतिशतले घटेको छ। तथ्याङ्कमा उल्लेख ४३ देशहरूमध्ये सबैभन्दा धेरै प्रतिशतले नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या घटेको जनाइएको छ। विश्वकै तथ्याङ्क हेर्ने हो भने ११ दशमलव १९ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको छ।
छिमेकी भारतमा २७.३ र चीनमा १.१ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको बताइएको छ। चुरोट तान्नेहरूको सङ्ख्या घट्दै नघटेको देश इजिप्ट हो। जोर्डनमा ४.१ प्रतिशतले चुरोट तान्नेको सङ्ख्या बढेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























