Breaking News

प्रधानमन्त्री प्रचण्डको गुनासोः प्रतिगामीहरुले पछाडि धकेल्न खोजे, अप्ठेरो अवस्थामा छौं

Banner

काठमाडौं, मंसिर ११-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरुले पछाडि धकेल्न खोजेर इतिहासकै अप्ठेरो अवस्थामा रहेको गुनासो गरेका छन् ।

माओवादीले पनि सुरू गरेको पार्टीको वेबसाइट उद्घटन गर्दै उनले देशलाई निरंकुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरुले षड्यन्त्र गर्न खोजेको बताए ।

उनले भने, ‘सरकारले जटिलताको बीचमा पनि, अप्ठेरो अवस्थामा पनि यो माओवादीको मात्रै सरकार होइन । गठबन्धनलाई पनि चित्त बुझाएर अघि बढ्नुपर्छ । फेरि राजनीतिक रुपमा जुन उतारचढाव हुन खोजेको छ, त्यसलाई मिलाउन पनि प्रतिपक्षसँग संवाद गरिराख्नुपर्ने अवस्था छ । त्यो सबै गर्दै पनि विकासलाई गति दिने कोसिस गरिरहेका छौं ।’

प्रधानमन्त्री प्रचण्डले भने, ‘छिमेकी, अन्तर्राष्ट्रिय समुदाय र देशभित्र पनि जनताको पक्षमा राम्रो गरेवापत एकथरी प्रतिक्रियावादीहरु चाहिँ, हामी प्रतिगमनकारी भन्छौं– इतिहासको चक्का पछाडि धकेल्न खोज्दैछन्, कहाँबाट कहाँ पुगिसक्यो इतिहास फेरि फर्केर निरंकुशता !’ जटिलताको बीचमा पनि सरकारले राम्रो काम गरेको उनले दाबी गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>