काठमाडौँ
कीरा परेको पानी विक्री गर्ने कम्पनीलाई महानगरले तिरायो १ लाख जरिवाना
०

काठमाडौं, मंसिर ११-
कीरा परेको पानी विक्री गर्ने वेभरेज कम्पनीलाई काठमाडौं महानगरपालिकाले एक लाख जरीवाना तिराएको छ ।
सोमबार महानगरपालिकाको बजार अनुगमन समितिले ए एण्ड बि वेभरेज इन्डस्ट्रिज प्रालीलाई पानीमा किरा भेटाएपछि एक लाख रुपैयाँ जरिवाना तिराएको हो भने इन्डस्ट्रिजलाई सुझाव समेत दिएको छ ।
अनुगमन समितिले पानी कम्पनीलाई आइन्दा पानीको बोतलमा ध्यान दिन सुभाव दिएको हो भने खानेपानी भर्नु अघि अनिवार्य निर्मलीकरण, समय समयमा ल्याब परिक्षण गरि प्रतिवेदन ढुवानीकर्तालाई समेत उपलब्ध गराउन सुझाव दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























