देश/प्रदेश

विश्लेषक सौरभको प्रस्ताव: देशले ज्ञानेन्द्र–पारस खोजेको होइन, हृदयन्द्र राजा भए पनि हुन्छ

Banner

काठमाडौं, मंसिर ११–

राजनीतिक विश्लेषक सौरभले देशमा ज्ञानेन्द्र–पारस होइन ह्दयन्द्र राजा भए पनि हुने प्रस्ताव गरेका छन् ।

काठमाडौंमा आइतबार भएको ‘नागरिक आवाज’ शीर्षकमा भएको कार्यक्रममा सौरभले यस्तो प्रस्ताव गरेका हुन् ।

सार्वजनिक कार्यक्रममा निकै कम देखिने सौरभ कार्यक्रममा राष्ट्रवादी धारका केही बुद्धिजिवीहरूबीचमा सौरभले आफ्नो विचार राखे । उनी बेलाबखत टेलिभिजन अन्तरवार्तामा तरंग ल्याउने खालका अभिव्यक्ति दिएर लोकप्रिय छन् । उनका अभिव्यक्ति–विचारहरूलाई पछ्याउने र चाख मानेर सुन्ने जमात देशमा ठूलै छ ।

आफ्नो स्वभावविपरीत उनले आइतबार आक्रामक भाषणसमेत गरे । दुर्गा प्रसाईंले गणतन्त्रको विरोधमा काठमाडौंमा भीड उरालेपछिको परिस्थितिलाई सौरभले आफ्नो ढंगले विश्लेषण गरेका थिए । उनी प्रसाईंको समर्थनमा स्पष्ट खुले । आन्दोलनले नेता जन्माउने भन्दै सौरभले प्रसाईंको व्यक्तिगत कमजोरीलाई उछालेर उनीप्रति शंका–उपशंका गर्नु नहुने धारणा राखे ।

यति मात्र होइन, उनले राजसंस्था पुनःस्थापना पक्षमा स्पष्ट झुकाव पनि देखाए । ‘यस्तो कानूनी व्यवस्था होस् कि हाम्रो हेड अफ स्टेट विदेशीले फेर्न नसकुन् । ज्ञानेन्द्र पारस खोजेको होइन, हृदयन्द्र भए पनि हुन्छ,’ सौरभले भने ।

उनले भने, ‘ दुर्गा प्रसाइँले २० लाख मिनाहा गर्नुपर्छ भन्दा म गलत मान्दिनँ । दुई–दुईपटक जर्मनीले नेपाललाई दिएको ऋणराशी माफी गरेको होइन ? देशको ऋण माफी हुन्छ, जनताको ऋण माफी हुन सक्दैन ? त्यो कुनै गलत कुरा होइन । माफी हुन्छ । साउदर्न अमेरिकाका बैंकहरू डुबे, अमेरिकाले ३ सय बिलियन डलर छापेर दियो बैंकहरूलाई । त्यो मिनाहा बराबर होइन ? त्यसैले त्यो कुरा होइन । व्यक्तिगत कुरा नगरौं । को मान्छे सडकमा आएको छ, त्यो मुख्य कुरा हो ।

अहिले कुरा के भयो भन्दा नेपालमा प्रतिपक्ष नै भएन । देशमा प्रतिपक्ष चाहिन्छ । हामीले संसदीय व्यवस्था चाहेकै हो । तर, अपोजिसन भएन । माथिका तीन दल मिले । स्वतन्त्र भन्ने शब्दलाई भजाए र पार्टी खडा गरे । आज उनीहरूलाई हाम्फालेर सरकारमा जान हतार भएको छ । गृह नपाए पनि हुन्छ भन्ने भइसक्या छ । राप्रपा र स्वतन्त्र मात्र मिलेर हुँदैन, एमाले पनि मिल्नुपर्छ । एमाले सुनकाण्डमा मिलेको छ, ललिता निवास काण्डमा पनि मिलेको छ । सत्तामा उनीहरू बस्या छन्, प्रतिपक्ष खाइदिए । त्यसैले जनता सडकमा आउनुप¥यो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>