अर्थ
सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो
०

काठमाण्डौ,मंसिर ११-
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।
सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ । यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























