चितवन विशेष

हमासको नियन्त्रणमा रहेका विपीनको उद्दार गर्न रामपुरका विद्यार्थीको आग्रह

Banner

चितवन, मंसिर १०-
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कृषि तथा वन विज्ञान विश्वविद्यालय राष्ट्रिय समिति चितवनले हमासको नियन्त्रणमा रहेका विपीन जोशीको उद्दारका लागि आग्रह गरेका छ । क्रान्तिकारीका सचिव शिव बस्नेतले एक विज्ञप्ती जारी गर्दै जोशीको अवस्था र उद्दारको लागि पहल गर्न सरकारसंग आग्रह गरेका छन् ।

इजरायलको मध्य र दक्षिण क्षेत्रमा असोज २० गते भएको आक्रमणमा प्यालेस्टाइनको हमास समूहले जोशीलाई नियन्त्रणमा लिएको बुझिएको छ । अहिलेसम्म पनि जोशीको अवस्थाबारे स्पष्ट जानकारी नभएको बस्नेतले बताएका छन् । पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत जोशी इजरायल पुगेका थिए ।

‘७ अक्टोबर २०२३ मा दक्षिण इजरायलको किबुज अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेको ४८ दिन बितिसक्दापनि अवस्था अज्ञात रहेको छ । निजको हालसम्म पनि सम्पर्क बिहिन नै रहेको हुनाले सम्पूर्ण सम्बन्धित निकाय, सरोकारवालाहरुलाई सकुशल छिटोभन्दा उद्दारको माग गर्दछौँ,’–विज्ञप्तीमा भनिएको छ । जोशी हमासको नियन्त्रणमा रहेको ईजरायल सरकारले पुष्टि गरेको छ । सो आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>