खैरहनी

चितवनको खैरहनीमा घरघरमा स्वास्थ्य उपचार पाएपछि वृद्धवृद्धा खुसी

Banner

चितवन, मंसिर १०-

चितवनको खैरहनीमा घरघरमा स्वास्थ्यकर्मी गएर वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्न थालेपछि वृद्धवृद्धा खुसी भएका छन् ।

नगरपालिकाका मेयर शशीकुमार खनियाले खैरहनी–१३ कुमरोजमा ‘बा आमा’ स्वास्थ्य कार्यक्रम सुरु गरेसँगै वृद्धवृद्धासँगै स्थानीय नागरिक हर्षित भएका हुन् । गत आर्थिक वर्षमा बहेरामा उद्घाटन गरिएको सो कार्यक्रम यस आर्थिक वर्षमा कुमरोजमा सञ्चालन गरिएको छ ।

कार्यविधि बनाएर स्वास्थ्य कार्यक्रमको उद्घाटनपछि मेयर खनियाले ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षाका लागि घरघरमै उपचार सेवा सुरु गरिएको विचार राखे । दीर्घरोग भएर औषधि सेवन गरिरहेका ६८ वर्ष माथिका बाआमाको स्वास्थ्यप्रति जिम्मेवार हुँदै स्वास्थ्यकर्मीलाई घरमै लगेर उपचार सुरु गरिएको मेयर खनियाको भनाइ छ ।
मेयर खनियाले नसर्ने रोगको जोखिम हुन नदिन नगरपालिकाले ‘बा आमा’ स्वास्थ्य कार्यक्रम सुरु गरेको भन्दै ६८ वर्ष भन्दा मुनिका नगरवासीको स्वास्थ्य परीक्षण, प्रजनन् स्वास्थ्य, पोषणलगायत कार्यक्रमलाई आवश्यकता अनुसार अघि बढाउने बताए । उक्त कार्यक्रम अन्तर्गत ६८ वर्ष भन्दामाथि उमेर समूहका सबैको घरघरमा गएर सामान्य स्वास्थ्य परीक्षण, उच्चरक्तचाप, मधुमेहलगायतको परीक्षण गरिने नगरपालिकाले जनाएको छ । सम्बन्धित वडामा रहेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी खटिने सो कार्यक्रमलाई १३ नम्बर वडा सकिएपछि लगतै अन्य वडामा पनि सुरु गरिने नगरपालिकाले बताएको छ । घरघरमा वृद्धवृद्धाले स्वास्थ्य परीक्षणको सेवा पाएपछि हिडडुल गर्न नसक्ने वृद्धवृद्धाहरु खुसी भएका छन् । दक्षिण कोरियाको सामाजिक विकासलाई अध्ययन गरेर राजनीतिमा फर्किएका मेयर खनियाले जनमुखी कार्यक्रमहरु सञ्चालन गरेसँगै उनको लोकप्रियता झनै चुलिएको स्थानीयले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>