चितवन विशेष

गाडीबाट नारायणगढको पुलचोक झरेपछि २२ वर्षीय सन्तोष पन्थी बेपत्ता, खोजी गर्दै परिवार चितवनमा

Banner

चितवन, मंसिर १०-

पाल्पाको सिलुवा स्थायी ठेगाना भएका २२ वर्षीय सन्तोष पन्थी नारायणगढको पुलचोकबाट बेपत्ता भएका छन् ।

मंसिर ७ गते पाल्पाको रामपुरबाट पन्थी बेपत्ता भए पनि नारायणगढ आएको सूचना पाएपछि उनको खोजीमा परिवार चितवन आएको हो ।

गाडीका चालकहरुले गाडीबाट नारायणगढको पुलचोक झरेको सूचना दिएपछि उनको परिवार सन्तोषलाई खोज्दै चितवन आएको उनको मामा कृष्ण ढुंगानाले नारायणी अनलाइनलाई जानकारी दिए । सन्तोषको दाई सरोज पन्थी अहिले भाईको खोजीमा चितवनमा नै रहेको उनले बताए ।

पाल्पामा बीएड तेस्रो वर्षमा अध्ययन गरिरहेका गोरो वर्णको पाँच फिट तीन इन्च उचाइ भएको सन्तोषलाई कतै देखेमा नजिकैको प्रहरी स्टेशनमा वा ९८६७८५५७९९ र ९८४२८५४०८५ मा आफन्तलाई जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>