चितवन विशेष

भरतपुरको सप्तगण्डकी क्याम्पसको ३६ औं वार्षिकोत्सवमा १०१ जनाले गरे रक्तदान

Banner

चितवन, मंसिर १०-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा १०१ जनाले रक्तदान गरेका छन् ।

क्याम्पस र नेपाल रेडक्रस सोसाइटी भरतपुर उपशाखाको संयुक्त आयोजनमा क्याम्पस परिसरमा भएको रक्तदानमा ६२ जना पुरुष र ३९ जना महिलाले रक्तदान गरेको रेडक्रस भरतपुर उपशाखाका सचिव चिन्तामणि पौडेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले ४६ पटक रक्तदान गरेका क्याम्पसका पूर्वविद्यार्थी देवीप्रसाद पौडेललाई रगतको व्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । सोही अवसरमा क्याम्पसका प्राध्यापकहरु, कर्मचारीहरु, विद्यार्थीहरु, पूर्वविद्यार्थीहरुले रक्तदान गरेका छन् । त्यस्तै कार्यक्रममा चितवन समाज साउथ अष्ट्रेलियाका अध्यक्ष तथा क्याम्पसका पूर्वविद्यार्थी उत्तम अधिकारीले पनि रक्तदान गरे ।

 

कार्यक्रमको उद्घाटन शत्रमा रेडक्रस भरतपुर उपशाखाकी उपसभापति विद्या कोइराला,  सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहाल, निवर्तमान क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसको वार्षिकोत्सव विशेष कार्यक्रमहरु र रक्तदानको महत्वबारेमा प्रकाश पारेका छन् । कार्यक्रम संयोजक कृष्णप्रसाद घिमिरे, रेडक्रस भरतपुर उपशाखाका कोषाध्यक्ष शोभाखर अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी वार्षिकोत्सवको अवसरमा क्याम्पसपरिसरको पनि सरसफाई गरिएको छ । वार्षिकोत्सवकै अवसरमा यही मंसिर २५ गतेबाट खेलकुद कार्यक्रम सुरु गर्नुका साथै विद्यार्थीहरुको बीचमा ट्यालेन्ट शो गर्ने क्याम्पसले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>