Breaking News

केपी ओलीले भने: जन्मँदैखेरि कोही राजा हुने ढुंगे युग स्वीकार्न सकिँदैन

Banner

काठमाडौँ, मंसिर ९-

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जन्मँदैखेरि कोही राजा हुने कुरा स्वीकार गर्न नसकिने बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल संवतका अवसरमा गरिएको कार्यक्रममा उनले सरकारले नराम्रो काम गर्दैमा गणतन्त्र खराब नहुने र ढुंगे युगतिर फर्किन नसकिने उल्लेख गरेका हुन् ।

ओलीले भने–‘जनताभन्दा एउटा व्यक्ति ठूलो हुने कुरा, एउटा परिवार हुने कुरा अबको सचेत जनताले स्विकार्न सक्दैन । अबको नयाँ पिँडीहरूले यस्ता कुरा स्विर्कान सक्दैन । हामीले बलिदान दिएर ल्याएका उपलब्धिको रक्षा गर्नुपर्दछ ।’

उनले आफू ५८ वर्षदेखि देशका लागि जेलनेल यातना सहेको मान्छे भएको हुनाले आफू एमालेको नेता मात्र नभई देशकै मान्छे भएको दाबी गरे । उनले प्रश्न गरे–‘माओसेत्सुङ चीनको एउटा पार्टीको नेता हुन कि सिङ्गै चीनको नेता हुन ? जवहरलाल नेहरु वा मोदी तिनका पार्टीका नेता हुन कि सिंगो भारतको हुन् ? त्यसकारण हामीले यो भ्रम राख्नु हुँदैन ।’

उनले एमाले मात्रै सुखी नेपाली र समृद्ध नेपाल बनाउने नेपालको एकमात्र पार्टी भएको दाबी गरे । ओलीले देशलाई अस्थिरतामा फसाउने खेल भइरहेको पनि उल्लेख गरे । उनले भने–‘हाम्रा जनतालाई पहिचानका नाममा, जातका नाममा अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । झगडा लगाउने प्रयास भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ । केही समय अघि हिन्दू र मुसलमानका बिचमा लडाई लडाउने प्रयास भयो । त्यसमा असफल भए । त्यसपछि अरू असान्दर्भिक कुरा ल्याएर जनतालाई अलमल्याउने काम भइरहेको छ ।’

अहिलेको सरकारले काम गर्न नसकेको बताउँदै उनले देशलाई र राजनीतिलाई अराजकतातिर लगेको बताउँदै सरकारले अराजकतालाई नियन्त्रण नगरी प्रोत्साहित गर्ने काम गरेको पनि दाबी गरे ।

उनले राष्ट्रपतिले छानी छानी गुन्डाहरूलाई माफी दिने गरेको, भ्रष्टाचार बढेको, सुन तस्करी बढेको भन्दै कुशासनको चर्चा गरेर साध्यै नरहेको बताए । ओलीले नेपालको सीमा रक्षाका लागि नेपाली जनतालाई लिएर एमाले लड्न तयार रहेको पनि उल्लेख गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>