इच्छकामना

डा. भोजराज अधिकारीको नेतृत्वमा चितवनको इच्छाकामनामा बृहत् स्वास्थ्य शिविर

Banner

चितवन, मंसिर ९–

चितवनको इच्छाकामना–७ भालुमारामा बृहत् स्वास्थ शिविर गरिएको छ ।

नेकपा माओबादी समर्थित राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन चितवनको आयोजनमा सो स्वास्थ्य शिविर गरिएको हो ।

सो अवसरमा विभिन्न ९ विधाका चिकित्सकहरु र स्वास्थ्यकर्मीले बिरामीको जाँच गरेका छन् । ‘जनतासँग अस्पताल’ अभियानका अभियन्ता डा.भोजराज अधिकारीले जनताको घरमै पुगेर स्वास्थ्यकर्मी र राज्यका निकायले सेवा दिनुपर्छ भन्ने भावनाका साथ अहिले विभिन्न स्थानमा स्वास्थ्य शिविर गरिएको जानकारी दिए ।

डा.अधिकारी केही महिना अगाडिदेखि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीको अगुवाइ गर्दै ग्रामीण क्षेत्रमा जान सुरु गरेका छन् । उनले इच्छाकामनाको वडा नं ७ भालुमारा क्षेत्रमा पनि दम,सुगर,प्रेसरलगायतका बिरामी बढी भएको बताए । नेकपा माओवादीका केन्द्रीय सदस्य श्याम श्रेष्ठले माओवादी नेता कार्यकर्ता जनताकै घरबाट उदाएका कारण पुनः एकपटक जनतासँग बसेर, सेवा गरेर पुर्नजागृत हुने अभियान फलदायी भइरहेको बताए ।

स्वास्थ्य शिविरमा सेवा लिन आएका स्थानीय जुल्फे थापा मगरले यसरी गाउँमै स्वास्थ्य जाँच गर्न पाउँदा गाउँलेहरु निकै खुसी भएको बताए । त्यस्तै, सेवाग्राही लक्ष्मण तामाङ निरन्तर बिरामी पर्दा समेत भरतपुर जान नसकिरहेको उल्लेख गर्दै गाउँमै डाक्टर पुगेर जाँच्न पाएकोमा दंग भए । स्थानीयले यस्ता स्वास्थ्य शिविर सरकारी तहबाटै नियमित गर्न अनुरोध समेत गरेका छन् । स्वास्थ्य जाँच गरी औषधि आवश्यक पर्ने बिरामीको लागि तीन महिनाको औषधि निःशुल्क बितरण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>