समाचार

ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर २ करोड ठगी

Banner

काठमाण्डौँ, मङ्सिर ७-
काठमाडौँको एक ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल सामाखुसी बस्ने ३३ वर्षीय नारायण सुवेदी रहेका छन् ।

मर्स्याङ्दी ट्राभल्सका म्यानेजर रहेका सुवेदीले कार्तिक १८ गतेदेखि मङ्सिर २ गतेको अवधिमा बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एन्ड टुर्स प्रालिको युजर आईडी पोर्टल ह्याक गरी जजिरा एयरलाइन्स र एयर अरेबिया एयरलाइन्सको ३३७ जना विभिन्न व्यक्तिहरूको नाममा टिकट काटेका थिए । उनले उक्त टिकट बराबर १ करोड ९९ लाख ८२ हजार ९८४ रुपैयाँ यात्रीहरूबाट लिई जियोल्याण्ड ट्राभल्सलाई ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>