गण्डकी

देवघाटको कालिका माविमा अक्षयकोष स्थापना

Banner

तनहुँ, मङ्सिर ७-
जिल्लाको देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा प्रधानाध्यापक स्व रामजी शर्मा भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।

सोही विद्यालयका प्रधानाध्यापक रहनुभएका भट्टराईको निधन भएपछि उहाँकी धर्मपत्नी उर्मिला भट्टराईले रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा सुरेन्द्रप्रसाद श्रेष्ठलाई भट्टराईले रु एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त अक्षयकोषबाट प्रत्येक वर्ष विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रछात्रालाई छात्रावृत्ति प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी काठमाडौँ–२६ सामाखुसी निवासी आर्किटेक्ट वसन्तरत्न तुलाधर र पत्नी लयताले कालिका वेलफेयर ट्रष्टमा रु २० हजार सहयोग गर्नुभएको छ । आफ्ना स्व माता र पिताको स्मृतिमा दुुवै जनाले रु १० हजारका दरले आर्थिक सहयोग गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ । त्यसैगरी उहाँले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले १२ थान थाल, १२ वटा गिलास र १२ वटा कचौरा सहयोग गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>