अर्थ

सबैभन्दा धेरै कर तिर्ने भाटभटेनी सुपरमार्केट सम्मानित

Banner

काठमाडौं, मंसिर ७-

भाटभटेनी सुपरमार्केटले गत आर्थिक वर्ष २०७८र७९ मा सबैभन्दा धेरै कर तिरेर सम्मानित भएको छ । कर दिवसका अवसरमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने भाटभटेनी सुपरमार्केट सम्मानित भएको हो ।

आज कर दिवसका दिनमा आन्तरिक राजश्व विभागले काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सबैभन्दा धेरै कर तिर्ने कम्पनीलाई सम्मानित गरेको छ । यसक्रममा १६ विधामा सम्मान वितरण गर्दा व्यापारतर्फ भाटभटेनी सुपरमार्केटले सम्मान पाएको हो ।

भाटभटेनी सुपरमार्केट नेपालको सबैभन्दा ठुलो व्यापारिक कम्पनी हो । यसको सञ्जाल देशभर फैलिएको छ । व्यापारतर्फ सबैभन्दा धेरै कर बुझाउने कम्पनीकारुपमा सम्मान भाटभटेनीका तर्फबाट सञ्चालक मीनबहादुर गुरुङले लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>