चितवन विशेष

मगर विद्यार्थी अक्षयकोष बनाउन चितवनमा देउँसीभैलोबाट ६ लाख बढी संकलन

Banner

चितवन, मंसिर ६-

नेपाल मगर विद्यार्थी जिल्ला समन्वय समिति चितवनले देउँसीभैलो बाट ६ लाख रुपैयाँ बढी संकलन गरेको छ ।

नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा मगर विद्यार्थी अक्षयकोष स्तरोन्नति सहयोगार्थ देउसीभैलो कार्यक्रम मार्फत समितिले ६ लाख १८ हजार ८३० रुपैयाँ संकलन गरेको हो ।

खर्च कटाएर जति रकम बच्छ ती सबै अक्षयकोषमा जाने समितिका अध्यक्ष मिलन पाटा मगरले बताए । अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक रुपमा सहयोग गर्दै आएको छ । गत वर्ष समितिले अक्षयकोषबाट रानीखोला माध्यमिक विद्यालय इच्छाकामना–७ सिमलढापका विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको थियो । साथै जनप्रिय माध्यमिक विद्यालय इच्छाकामना–२ काउलेका विद्यार्थीलाई पनि शैक्षिक सामग्री वितरण गरिएको थियो । समितिले गत वर्ष मगर र गैर मगर गरी ७८ जनालाई सहयोग गरिसकेको छ ।

समितिले अक्षयकोष स्तरोन्नतिको लागि गत वर्षदेखि देउँसीभैलो खेल्न थालेको सचिव प्रतिक थापा मगरले बताए । २०७४ साल देखि समितिले अक्ष्यकोषको लागि देउँसीभैलो खेल्न सुरु गरेको हो । गत वर्ष करिब चार लाख रुपैयाँ बराबर संकलन गरेको थियो । आर्थिक समस्याका कारण पढाइबाट कोही बन्चित् नहोस् भनेर मगर विद्यार्थीको शिक्षाको स्तर उकास्नको लागि देउँसीभैलो कार्यक्रमको आयोजना गरिएको सचिव मगरले बताए । ‘सम्पूर्ण मगर विद्यार्थीहरु एक होऔं, शैक्षिक जागरण फैलाऔं’ भन्ने मुल नारा बोकेर हिड्दा सहयोग रकम राम्रो जुटेको उनी बताउँछन् ।

साथै समितिले सहयोग गर्ने सबै प्रति कृतज्ञता व्यक्त गरेको छ । यसले मगर समुदायमा शिक्षाको ज्योति पु¥याउन ठूलो मद्दत गर्ने आशा गरिएको छ । कात्तिक २५ गते बाट सुरु भएको देउँसीभैलो कार्यक्रम मंसिर ३ गतेसम्म चलेको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनको संरक्षणमा भएको यस कार्यक्रममा समितिका कलाकार सदस्यहरुले कला प्रस्तुत गरेका थिए । देउँसीभैलोमा मगर समुदायको संस्कार सस्कृति झल्कने कौराहा, सालैजो, सोरठी, झ्याउरे लगाएको नृत्य प्रस्तुत गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>