चितवन विशेष

विद्यार्थीको व्यक्तित्व विकासका लागि गुणीय चक्रको राष्ट्रिय सम्मेलन सौराहामा पर्सीबाट सुरु हुने

Banner

चितवन, मंसिर ६-

विद्यार्थीको व्यक्तित्व विकासका लागि गुणीय चक्रको १७ औं राष्ट्रिय सम्मेलन सौराहामा पर्सीबाट सुरु हुने भएको छ ।

विद्यार्थी गुणीय चक्र राष्ट्रिय सम्मेलन संयोजक सुरिना सुनयनी गुरुङ र स्मेल हेभन मोडल स्कुलका प्रिन्सिपल तथा सम्मेलनका सहसंयोजक बिमलकुमार क्षेत्रीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा सम्मेलनबारे जानकारी गराइएको हो ।

स्मल हेभन मोडल स्कुलको संयोजन र क्वेस्ट नेपालको आयोजनमा मंसिर ८ गतेदेखि १० गतेसम्म चल्ने सम्मेलनमा विद्यार्थी, पर्यवेक्षक, शिक्षक शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविद्धहरु गरेर देशभरबाट ६०० जनाको सहभागिता रहने जनाइएको छ । विद्यार्थी गुणीय चक्र विश्वका २५ भन्दा बढी देशमा लोकप्रिय रहेको विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम रहेको जनाइएको छ । सौराहामा हुने सम्मेलनमा विद्यार्थीहरुले प्यानल डिस्कसन, हाजिरीजवाफ, संरक्षणसम्बन्धी कार्यशाला, सांस्कृतिक आदानप्रदान, कथालेखनलगायतका विभिन्न कार्यक्रममा सहभागिता जनाउने आयोजकले जनाएको छ । विद्यार्थीहरुले ६ महिना लगाएर गरेका अध्ययन प्रतिवेदन पनि सम्मेलनमा प्रस्तुत गर्नुका साथै नेपालको पूर्वदेखि पश्चिमसम्मका २१ ओटा हब सम्मेलनबाट छानिएका ५०० विद्यार्थी प्रतिनिधिहरुले गुणीय चक्रमा सहभागी भई गरेको केस स्टडी प्रतिवेदनलाई प्रस्तुतिकरण गर्ने स्मेल हेभन मोडल स्कुलका प्रिन्सिपल क्षेत्रीले जानकारी दिए ।

सन् २००५ देखि सुरु भएको यो कार्यक्रम नेपालमा प्रोफेसर दिनेशप्रसाद चापागाइँले सन् १९९९ बाट प्रयोगमा ल्याएको विज्ञप्तिमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>