चितवन विशेष

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा पुस ४ गतेबाट राष्ट्रियस्तरको ‘बीआईसी ह्याकाथन’ हुने

Banner

चितवन, मंसिर ६-

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा पुस ४ गतेबाट पुस ६ गतेसम्म ‘बीआईसी ह्याकाथन’ BIC Hackathon हुने भएको छ ।

कलेजमा स्थापना भएको बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले सो सूचना प्रविधिसम्बन्धी प्रतिस्पर्धा गर्न लागेको हो । नयाँ सफ्टवेयरको विकास गर्ने यो प्रतियोगिता कलेजको तेस्रो श्रृंखला भएको आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । देशभरका कक्षा ११, १२ र स्नातक तहमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुको समूहले सहभागिता जनाउन पाउने प्रतियोगिता पहिलो हुने समूहले ३५ हजार रुपैयाँ, दोस्रोले २५ हजार रुपैयाँ, तेस्रो हुने समूहलाई १५ हजार रुपैयाँ, उत्कृष्ट तोलीलाई नगद पाँच हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बीआईसी ह्याकाथनको लागि समूह दर्ताको अवधि मंसिर १९ गतेसम्म तोकिएको छ । दर्ताको लागि प्रति टिम ४५ सय रुपैयाँ देखि ६५ सय रुपैयाँसम्म तोकिएको छ । बोस्टन इन्टरनेशल कलेजपरिसरमा नै हुने ह्याकाथन  ४८ घण्टासम्म निरन्तर चल्ने जनाइएको छ । कार्यक्रमले सहभागी विद्यार्थीहरुको प्राविधिक र व्यवसायिक कौशलतामा विकास गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोस्टन इन्टरनेशल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले नेपालका विभिन्न सूचना प्रविधि कम्पनीका विशेषज्ञहरुले प्रतियोगितामा निर्णायक भूमिका खेल्ने जानकारी दिए । उनले भने, ‘ प्रतियोगितामा निर्णायकहरु पूर्णरुपमा स्वतन्त्र हुन्छन् । यो प्रतियोगिता कुन कलेजले जित्छ वा जित्दैन भन्दा पनि सूचना प्रविधिको क्षेत्रको विकासमा सहयोगी हुने उद्देश्ले सञ्चालन गरिएको हो । ह्याकाथनमा विजेता विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो गरिरहेका छन् ।’ बोस्टन इन्टरनेशनल कलेजमा दिवा शत्रका कोअर्डिनेटर नविनकुमार श्रेष्ठले अघिल्लो प्रतियोगितामा विजेता बनेका विद्यार्थीले भारतीय कम्पनीमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा कार्यक्रमका प्रबन्धक रेजिन भण्डारी, कार्यक्रमका सल्लाहकार नितेश कुमार सिंह, मनिष कँडेल, कार्यक्रम संयोजकहरु ध्रुव सापकोटा र विकास आचार्यले पत्रकारहरुको पश्नहरुको जवाफ दिँदै यसअघिका दुइ श्रृंखलामा लुम्बिनी आईसीटी कलेज र पश्मिाञ्चल कलेज विजेता बनेको बताए । ह्याकाथनको पहिलो प्रतियोगितामा १० वटा समूह र दोस्रो प्रतियोगितामा १५ वटा समूहको सहभागिता रहेको थियो । यसपटकको प्रतियोगिताले राष्ट्रियरुपमा नै सूचनाप्रविधिको क्षेत्रमा नयाँ इँटा थप्ने कलेजको विश्वास छ । पत्रकार सम्मेलनमा कलेजका अतिरिक्त क्रियाकलाप विभागका संयोजक अप्रमेय खकुरेल, विश्वविद्यालय अनुदान आयोगअन्तर्गत बोस्टनको क्यूएए कार्यक्रम संयोजक मिनप्रसाद दवाडी, बोस्टन उद्यमशिलता कार्यक्रम प्रमुख प्रेम गैरेलगायतको सहभागिता रहेको थियो ।

‘ह्याकाथन’ शब्द ‘ह्याकर’ र ‘म्याराथन’ दुई शब्द मिलेर बनेको शब्द हो । जहाँ ह्याकर भनेको एक चलाख प्रोग्रामर र म्याराथन भनेको एक सिमित अवधिमित्र रहेर सहनशीलतापूर्वक कोडिङ गर्नु हो । विद्यार्थीहरुबीचमा हुने कम्प्युटर कार्यक्रम वा सफ्टवेयरहरुको विकास गर्ने प्रतिस्पर्धा नै वास्तवमा ह्याकाथन भनेर बुझिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>