देश/प्रदेश
चिकित्सकको लापरबाहीले नवजात शिशुको मृत्यु भएको आफन्त आरोप
०

धनगढी, मंसिर ६-
सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएको छ । हिजो (मंगलबार) राति शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएको हो । धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले उक्त शिशुलाई जन्म दिएकी थिइन् ।
त्यस्तै अस्पताल शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका छन् । शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले अस्पताल घेराउ गरेका हुन् ।
सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । राति शल्यक्रियामार्फत शिशुलाई जन्म दिए पनि शिशुको मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























