देश/प्रदेश

भीपीएन र डीएनएस प्रयोग गरेर टिकटक नचलाउन प्रहरीको अनुरोध 

Banner

काठमाडौं, मंसिर ५-

नेपाल प्रहरीको साइबर ब्युरोले सरकारले बन्द गराएको सामाजिक सञ्जाल टिकटक अवैध तरिकाले नचलाउन अनुरोध गरेको छ ।

बन्द गरिएको टिकटक भीपीएन र डीएनएस प्रयोग गरेर चलाउन थालिएको भन्दै त्यसरी चलाउँदा मोबाइलमा भएका व्यक्तिगत डाटा समेत चोरी हुन सक्ने ब्युरोले जनाएको छ ।

ब्युरोका एसपी नरेन्द्र चन्दले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, भीपीएन र डीएनएस प्रयोगले व्यक्तिगत डाटा समेत चोरी भएर मोबाइल बैंकिङ सिस्टममा पुगेर रकम चोरी हुनसक्छ । त्यसरी चोरी भएको रकमको अनुसन्धान गर्न समेत प्रहरीलाई कठिन हुन्छ ।’ टिकटकमार्फत गैरकानुनी कार्य बढ्न थालेको भन्दै सरकारले यही कात्तिक २७ गतेदेखि त्यो बन्द गराएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>