चितवन विशेष

एउटा खुट्टा नभई एम् एस. नेपाल इन्टरनेशनलको विजेता बनेकी चितवनकी सीता सुवेदी सम्मानित

Banner

चितवन, मंसिर ५-

एउटा खुट्टा नभई  एम् एस. नेपालनेपाल इन्टरनेशल–२०२३ को विजेता बनेकी चितवनकी सीता सुवेदी सम्मानित भएकी छन् ।

अपाङ्गता उत्थान जिल्ला समन्वय समिति चितवनसहित विभिन्न संघसंस्थाले विजेता सीता सुवेदीलाई भरतपुरमा सम्मान गरेको हो ।
भरतपुर महानगरपालिका–२७ निवासी सुवेदीले शारीरिक चुनौतीको बाबजुद पनि शास्त्रीय संगीत र नृत्य मार्फत अपाङ्गता भएका व्यक्तिको सामाजिक सांस्कृतिक सहभागितालाई समान अवसरमा परिणत गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहल गर्दै आइरहेकी छन् । उनको विजयले अपाङ्गता भएका व्यक्तिको जीवनमा नविनतम उर्जा सञ्चार गर्न सकेको र कला क्षेत्रमा नव प्रवेशी अपाङ्गता भएका व्यक्तिलाई हौसला प्रदान गरेको अपाङ्गता उत्थान जिल्ला समन्वय समिति चितवनले बताएको छ ।

सम्मान पश्चात् आफ्ना संघर्षका कथाहरु सुनाउनु हुँदै सीता सुवेदीले अपाङ्गता हुँदैमा सौन्दर्यतामा कमी नआउने र वास्तविक सुन्दरता मान्छेको बाहिरी आवरणमा नभई अन्तष्करणमा खोज्नुपर्ने बताइन् । उनले आफ्ना सुरुवाती दिनहरु भरतपुरको सब्जीमण्डीमा तरकारी बेचेर पढाई खर्च जोहो गरेको बताउँदै मान्छेले आफ्नो उद्देश्य प्राप्त गर्नका लागि जस्तोसुकै अवस्थाको सामना गर्दै निरन्तर मेहनत गर्न सके सफलताको शिखर चुम्न सकिने बताइन् ।
अपाङ्गता उत्थान जिल्ला समन्वय समिति चितवनका संयोजक निर्मलकुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा चितवन जिल्लामा कृयाशिल एक दर्जन अपाङ्गता भएका व्यक्तिको संस्थाका ३४ जना प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको बौद्धिक अपाङ्गताका अभिभावक महासंघका फिल्ड अधिकृत मिलन खरालले सहजीकरण गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>