चितवन विशेष

विज्ञापन व्यवसायी अर्यालद्वारा प्रेस चौतारी चितवनको भवन निर्माणमा आर्थिक सहयोग

Banner

चितवन, मंसिर ४-

प्रेस चौतारी चितवनको भवन निर्माणका लागि समाजसेवी एवम् विज्ञापन व्यवसायी राजेन्द्र अर्यालले आर्थिक सहयोग गरेका छन् ।

चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनका लागि त्रिकोण एड्भरटाइजिङ प्रालि. काठमाडौंका प्रबन्ध निर्देशक अर्यालले २५ हजार रुपैयाा आर्थिक सहयोग गरेका हुन् ।

विगत ४० वर्षदेखि विज्ञापनको क्षेत्रमा काम गर्दै आएका अर्याल विगत ७ बर्षदेखि चितवनका सामाजिक क्षेत्रमासमेत जोडिएर विभिन्न गतिविधिमा सहभागी हुँदै आएका छन् । भरतपुरको सिजी ल्याण्डमार्कको व्यवस्थापनदेखि पूरानो मेडिकल कलेज भरतपुरको मिडिया क्षेत्रमा काम गर्दै आएका अर्यालले चितवनमा नै पत्रकारहरुको भवन बन्दा आफूलाई खुसी लागेको बताए ।

उनले पत्रकारहरुको क्षमता अभिवृद्धि र संस्थागत विकासमा भवनले टेवा पुग्ने विश्वास आफूले लिएको बताए । चितवन पछिल्लो समयमा राजनीति, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको हब बन्दै गएको भन्दै अर्यालले पत्रकारहरु पनि सोही अनुसारको दक्ष र प्रभावकारी हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । उनले प्रेस चौतारीको देश कै पहिलो भवन भरतपुरमा नै बन्नु देशभरका पत्रकारहरुका लागि गर्वको विषय भएको बताए ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले मिडिया क्षेत्रसँग जोडिएर लामो समयदेखि कार्य गर्दै आएका अर्यालको सहयोगले थप हौसला थपिएको बताए । अर्यालले विगतमा पनि सञ्चार सम्वद्ध संघसंस्थाहरुलाई माया र हौसला दिँदै आएको स्मरण गर्दै अध्यक्ष पण्डितले भवनमा विभिन्न क्षेत्रबाट प्राप्त भएको सहयोग प्रति आभार व्यक्त गर्दै आफूहरु उत्साहित भएको बताए । भरतपुर–११ बसेनीमा रहेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भइरहेको छ ।
भवनको दोस्रो तला ढलानको अन्तिम तयारी गरिएको छ । पहिलो तला भित्र फिनिसिङको काम भइरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>