अन्तर्राष्ट्रिय

पहिलो नजर आकर्षण भएपनि ‘आई लभ यू’ भन्न पुरुषले ८८ दिन र महिलाले लगाउँछन् १३४ दिन

Banner

काठमाडौँ, मंसिर ४-

जीवनमा कसैलाई पहिलो नजरमै तपाई कोहीप्रति आकर्षित हुनु भएको होला । कसैलाई मन पराउनु पनि भएको होला वा अरु कसैले तपाईँलाई यस्तो भनेको हुनसक्छ ।

तर साइकोलोजीमा भएका कयौँ अनुसन्धानले भने प्रेमको टाइमलाइन हुने देखाएको छ । पहिलो नजरमा हुने चिज ‘प्रेम’ होइन, आकर्षण मात्रै हो । माया प्रेमको पनि एउटा प्रक्रिया हुन्छ । यसमा एउटा चरणपछि अर्को चरण आउँछ । यसको कूल ७ ओटा चरण छन् । कुनै एउटा चरण मात्रै बेवास्ता गरियो भने पनि माया माया नहुन सक्छ ।

मायामा छिट्टै पर्छन् पुरुष, महिला प्रतीक्षा गर्छन्

ल ठिक छ माया प्रेम पहिलो नजरमा हुँदै हुन्न रे । त्यसो भए मायामा पर्न कति समय लाग्छ त रु यसबारे युगभ र डेटिङ साइट इहार्मोनीले मिलेर एउटा अध्ययन गरेका थिए । यो अध्ययन पहिलो प्रेमबारे थियो ।

औसत पुरुषले पार्टनरलाई भेटेपछि ८८ दिनमा आफ्नो प्रेमलाई व्यक्त गर्ने गरेको अध्ययनमा पाइएको छ । तर औसत महिलाका सन्दर्भमा भेटलाई मायामा परिणत हुन १३४ दिन लाग्छ ।

अनुसन्धानको कुरा पत्याउने हो भने पुरुषहरु छिट्टै मायामा पर्छन् र आफ्नो भावनाको अभिव्यक्ति पनि छिट्टै गर्छन् । तर महिलाले भने प्रेम व्यक्त गर्न, प्रेम प्रस्ताव राख्न र कसैले राखेको प्रेम प्रस्तावलाई स्वीकार गर्न बढी समय लगाउँछन् । समलिंगीहरुले एक अर्कालाई बुझ्न धेरै समय लगाउँछन् । अध्ययनका अनुसार दुई महिलाले सेम सेक्स लभमा आउन बढी समय लिन्छन् । लेस्बियन सम्बन्धमा महिलाहरु १८० दिनयता प्रेम प्रकट गर्दैनन् । पुरुषहरु भने यो मामिलामा अलि छिट्टै भएको पाइएको छ ।

त्यसो भए पहिलो नजरमा के हुन्छ ?

अलग अलग सम्बन्धमा पार्टनर र परिस्थितिअनुसार माया प्रेममा पर्न २ महिनादेखि ६ महिनाको समय लाग्ने अध्ययनले देखाएको छ । त्यसो भए कसैलाई पहिलो पटक देख्दै मनमा उत्पन्न भावना चाँहि के हो त रु जनरल अफ सेक्शुअल मेडिसिनको एउटा रिपोर्टका अनुसार कसैलाई देख्ने बित्तिकै दिमागमा लभ हर्मोन एक्टिभ हुन्छ । अगाडिको व्यक्ति मनमोहक छ आफ्नो कल्पनासँग मेल खान्छ भने मात्रै यो हर्मोन सक्रिय हुन्छ । यसलाई प्रेम नै भन्न त मिल्दैन । तर प्रेमको पहिलो चरण चाँहि भन्न सकिन्छ ।

प्रेमको ७ चरण

१. पहिलो भेट, देखादेख हुन्छ ।

२. मनमनै सम्भावित सम्बन्धको राम्रो नराम्रो पक्षबारे सोचिन्छ ।

३. एकअर्काको साथमा शान्ति, आराम खोज्ने कोशिश । एक्लै हुँदा अधुरो भएको महसुस हुन थाल्छ ।

४. एकअर्कामाथि भरोसा गर्न थालिन्छ । पार्टनरलाई भावी जीवनसाथीको रुपमा हेर्न थालिन्छ ।

५. रेष्टिङ पीरियड – यहाँसम्म आइपुगेपछि पार्टनरहरु एक अर्कामाथि टन्नै विश्वास गर्न थाल्छन् ।

६.शेयरिङ परियिड– यतिबेलासम्म पार्टनरले एक अर्कालाई सबै कुरा, खुसी, पीडा शेयर गर्न थाल्छन् । उनीहरुबीच कुनै तगारो हुन्न ।

७. अन्तिम चरण – यो चरणसम्म आइपुग्दा दुवै जना एक अर्काको प्रेममा चुर्लुम्म डुबिसकेका हुन्छन् ।

माथि उल्लेख गरिएका चरणहरु चिन्दै नचिनेको व्यक्तिसँगको भेट अटुट प्रेमसम्म पुग्दाका चरणहरु हुन् । कोहीले प्रेम सम्बन्धमा पर्न ६० दिन लगाउँछन् भने कसैले १८० दिन । तर जसले जति दिन लगाएपनि सबै जना यही ७ चरणबाटै गुज्रिन्छन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>