Breaking News
महेश बस्नेत र दुर्गा प्रसाईंसँग छलफल गरेर प्रशासनले कार्यक्रम स्थान तोक्ने
०
काठमाडौं, मंसिर ४-
नेकपा (एमाले)का नेता महेश बस्नेत पक्ष र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षलाई छलफलका लागि बोलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज अपराह्न ४ बजे दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
पछिल्लो समय बस्नेत र प्रसाईंबीच विभिन्न विषयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ। त्यस्तै बस्नेत इन्चार्ज रहेको एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा कार्यक्रम गर्न लागेका छन्। प्रशासनले दुवै पक्षसँग छलफल गरी कार्यक्रम गर्ने स्थानसमेत तोक्ने तयारी गरेको छ।
‘
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>